शिखर इन्स्योरेन्सले ६.३२ प्रतिशत लाभांश घोषणा
काठमाडौं । शिखर इन्स्योरेन्सले सेयरधनीका लागि ६.३१५८ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट हाल कायम चुक्ता पुँजीका आधारमा लाभांश दिने निर्णय गरेको हो।
घोषित लाभांशमध्ये ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश समावेश छ। यसअनुसार कम्पनीले कुल १८ करोड ४६ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने जनाएको छ।
उक्त लाभांश नियामक बीमा प्राधिकरणको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्। हाल शिखर इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता करिब ६४५ रुपैयाँ रहेको छ।