साहित्य सङ्गम चितवनमा रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति
साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शशिकिरण रेग्मी (रह शर्मा)को नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा विद्या भण्डारी (चिराग) सचिवमा लीलाधर पौडेल र कोषाध्यक्षमा सूर्यवदना हमाल रहेका छन् ।
त्यस्तै सदस्यहरूमा प्रकाश चापागाईँ, डा धनेश्वर भट्टराई, हरिप्रिया रिजाल, होमनाथ घिमिरे, सञ्जीव पौडेल, कृष्णबहादुर विक (सतिसाल) र रामशरण थपलिया रहेका छन् ।
अधिवेशन भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा साहित्य सङ्गमलाई निरन्तर सहयोग पुर्याउने समाजसेवीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने आजीवन सदस्यता लिने व्यक्तित्वहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।