सञ्चारमन्त्री खरेलद्वारा पोखरामा आमसञ्चारसम्बन्धी अन्तरक्रिया कार्यक्रम उद्घाटन
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पोखरा पुगेका छन्। उनले आइतबार बिहान आमसञ्चारलाई व्यवसायिक बनाउने उद्देश्यले आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गरेका हुन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा आमसञ्चार क्षेत्रमा देखिएका समस्या, अनलाइन मिडिया तथा पत्रकारितासम्बन्धी समसामयिक विषयमा सरोकारवालाबीच अन्तरक्रिया हुने जनाइएको छ।