गोरखामा मिनीट्रक दुर्घटना, एकजना गम्भीर घाइते
पोखरा — गोरखामा मिनीट्रक दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्। मंगलबार राति ८:४० बजे अबुवा–सेरा सडक खण्डमा ग १ क २५३७ नम्बरको पानी बोक्ने मिनीट्रक दुर्घटना भएको हो।
दुर्घटनामा सहिद लखन गाउँपालिका–१ लुदिखोलाका २१ वर्षीय कुशल विक घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको र उनलाई तत्कालै उद्धार गरी तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।