रास्वपाले समानुपातिक सूचीमा गल्ती सच्याउने तयारी
काठमाडौं, १६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश पराजुलीले प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्द सूचीमा भएका गल्ती सच्याइने बताएका छन्।
रास्वपाले निर्वाचन आयोगमा पेस गरेको बन्द सूचीमा उल्लेखित केही नामप्रति पार्टीभित्र र बाहिरबाट विरोध भएको थियो।
पराजुलीले सामाजिक सञ्जालमार्फत भने, “सहमति अत्यावश्यक थियो। अन्तिम समयमा महत्त्वपूर्ण काम भए। समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइनेछन्। सुशासन र विधि हाम्रो जग हो।”
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची संशोधन गरी पेस गर्ने अवधि २१ देखि २७ पुससम्म तोकेको छ। साथै, उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा २८ पुससम्म निवेदन दिन सक्ने व्यवस्था छ।