काठमाडौँ–७ बाट कांग्रेसका १९ प्रत्यक्ष र १० समानुपातिक उम्मेदवार सिफारिस
काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ क्षेत्र नम्बर–७ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ १९ उम्मेदवार सिफारिस गरेको छ। पार्टी केन्द्रीय स्तरले दुई पुरुष र एक महिला मात्रै सिफारिस गर्न भने पनि क्षेत्रीय समितिले १९ जनाको नाम सिफारिस गरेको हो।
प्रत्यक्षतर्फ सिफारिस भएका उम्मेदवारमा नेविसंघका पूर्वमहामन्त्री सरोजकुमार थापा, पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईं, विनोद पन्त, सबिन तामाङ, पुनम लामा, सुशील भट्ट, धर्मराज अर्याल, नीलकाजी शाक्य, सुरेन्द्र श्रेष्ठ, अन्जुसिंह चौधरी, दक्ष पौडेल, दिवा शिवाकोटी, गीता न्यौपाने, गोविन्दप्रसाद शर्मा, इन्द्रलाल सिंह, प्रशान्तमान सिंह मास्के, राजीव श्रेष्ठ, डा.रामशरण थपलिया र शर्मिला फुयाँल रहेका छन्।
त्यस्तै, समानुपातिकतर्फ १० उम्मेदवार सिफारिस भएका छन्। तीमध्ये प्रमिलादेवी सिंह डंगोल, विजयबहादुर माली, वासुदेव लामा, कमला राजभण्डारी, अन्जना मास्के, मनोज राना, सरला कोइराला आचार्य, डा.शशी थापा, सिर्जना लामिछाने र हेराकाजी प्रजापति रहेका छन्।
साथै, समितिले राष्ट्रियसभा सदस्यका उम्मेदवारका लागि काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज), सिताराम केसी, डिल्लीराम नकर्मी, नगेन्द्रध्वज कार्की र गोमादेवी पौडेलको नाम सिफारिस गरेको छ।