२३ भदौ प्रकरणः पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको बयान जारी
काठमाडौँ । २३ र २४ भदौको घटनाको छानबिन गर्न गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी, हाल अवकाशप्राप्त) चन्द्रकुवेर खापुङको बयान लिइरहेको छ। बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उनको बयान जारी रहेको स्रोतले जनाएका छन्।
जेनजी घटनाका बेला खापुङ प्रहरी प्रमुख थिए। २३ भदौमा प्रहरीको गोली लागेर २२ जनाको मृत्यु भएको थियो, र अनावश्यक बल प्रयोगको आलोचना भइरहेको थियो। आयोगका अनुसार खापुङले प्रारम्भमा फिल्डमा खटिएका कर्मचारीको विवरण पठाउन अटेर गरेका थिए। आयोगले जरिवाना तयारी गरेपछि मात्र उनले विवरण पेश गरेका थिए।
आयोगले घटनासम्बन्धी पक्षहरूको बयान संकलन अन्तिम चरणमा पुर्याइसकेको छ। अब तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीको बयान लिने तयारी भइरहेको छ।