राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ र सदस्य सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मंगलबार आयोजित एक कार्यक्रममाझ उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथ ग्रहण गरे।