कैलाली–नेपाल–भारत सीमानामा सुरक्षा जाँच कडा
कैलाली, ४ मंसिर । कैलालीसँग जोडिएका नेपाल–भारत सीमानामा सुरक्षा जाँच कडा गरिएको छ। जिल्लास्थित सीमानाकामा भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूको जाँचमा विशेष ध्यान दिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
जोशीका अनुसार, परिचय नखुलेका शङ्कास्पद व्यक्ति वा समूह अवैध तरिकाले प्रवेश गर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी जाँच कडा गरिएको हो। उनले सबैसँग अनुरोध गरेका छन् कि शङ्कास्पद व्यक्ति वा समूह जिल्लाभित्र प्रवेश गरेको देखिएमा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन सहयोग पुर्याउन।
साथै, अपरिचित व्यक्ति वा समूहलाई आफ्नो घरमा बसोबास गर्न वा कुनै कामकाजमा लगाउन नदिन पनि प्रशासनले सबैलाई सचेत रहन आग्रह गरेको छ।