प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस झापाले ६६ उम्मेदवार सिफारिस
काठमाडौं। नेपाली कांग्रेस झापा जिल्लाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक गरी ६६ जना उम्मेदवारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ। जिल्ला सचिव कृष्ण हुमागाईंका अनुसार पार्टी विधानबमोजिम पाँचैवटा निर्वाचन क्षेत्रबाट आएका नामावली प्रदेशमा पठाइएको हो।
केन्द्रीय समितिले मंसिर १५ गते नै क्षेत्रीयस्तरबाट सिफारिस गर्न निर्देशन दिएपछि सबै क्षेत्रबाट आकांक्षी नेता–कार्यकर्ताको नाम संकलन गरिएको थियो। क्षेत्र नं १ मा प्रत्यक्षतर्फ महामन्त्री विश्वप्रकाश शर्माको नाम एकल रूपमा सिफारिस भएको सचिव हुमागाईंले बताए। समानुपातिकतर्फ यस क्षेत्रबाट रामबहादुर कट्टेल, खड्गबहादुर धिमाल, नारायण गिरी, गोमा भट्टराई, राधा कार्की र शोभा श्रेष्ठ नेम्बाङको नाम सिफारिस भएको छ।
अन्य क्षेत्रका सिफारिस
क्षेत्र नं २
– प्रत्यक्ष: छत्रबहादुर गिरी, सरिता प्रसाईँ, सजेश शिवाकोटी
– समानुपातिक: सीता पौडेल, उमा शिवाकोटी, हस्त परियार, मीरा खड्का, उर्मिला पोखरेल, देवी निरौला बस्नेत, मनुमाया विश्वकर्मा, पाण्डवलाल चौधरी, रणदेव हजाम, कृष्णबहादुर श्रेष्ठ
क्षेत्र नं ३
– प्रत्यक्ष: टीकाराज ढकाल, सीताराम खड्का, श्यामप्रसाद सिटौला, राजेन्द्र घिमिरे, देउप्रसाद लावुङ लिम्बू, नवीन विमली, भगिरथ पोद्धार, शर्मिला अधिकारी
– समानुपातिक: सुशीला ढकाल, हरिकृष्ण घोष, खड्ग राजवंशी, बडाराम हेमरम, सीतादेवी भट्टराई, लता कार्की, उर्मिला गौतम, कृष्णकली राजवंशी, लालबहादुर कन्दङवा, शिला तामाङ
क्षेत्र नं ४
– प्रत्यक्ष: देउकुमार थेवे, उत्तमबहादुर चौलागाईँ, धनमाया चिमरिया
– समानुपातिक: सूर्यनारायण ताजपुरिया, सुन्दर बेस्रा, सन्तोषकुमार मेनेङ्बो, टंकबहादुर विश्वकर्मा, मथुरादेवी श्रेष्ठ
क्षेत्र नं ५
– प्रत्यक्ष: अइन्द्रविक्रम केरुङ, पदमबहादुर पौडेल, मन्दरा पौडेल चिमरिया, मेदनीप्रसाद सिटौला, देवीप्रसाद दाहाल, खगेन्द्रप्रसाद पाण्डव अधिकारी, सिरम कार्की
– समानुपातिक: महेन्द्राकुमारी लिम्बू, सुरेश सुब्बा, दिलीप राई, सत्यनारायण चौधरी, भूमिराज राई, चन्द्रा खड्का भट्टराई, कृष्णबहादुर धिमाल, रामकुमारी पौडेल, मेनुका बुढाथोकी, अम्बर बराइली, निरोज अग्रवाल, भीममाया उप्रेती (भुजेल), रोहितकुमार शाह
कांग्रेस झापाले क्षेत्रीय बैठकहरू विवादरहितसहित सम्पन्न भएको र सबै नाम सर्वसम्मत रूपमा अघि सारिएको जनाएको छ।