ऊर्जामन्त्री घिसिङको उपस्थितिमा उज्यालो नेपालको केन्द्रीय कार्यालय उद्घाटन
९ पुस, काठमाडौं — ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न दल उज्यालो नेपालले बिहीबार त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालय ‘उज्यालो घर’को औपचारिक उद्घाटन गर्न लागेको छ। उद्घाटन कार्यक्रममा मन्त्री घिसिङ प्रमुख अतिथि हुने पार्टीले जनाएको छ।
उज्यालो नेपालले कार्यालय उद्घाटन समारोह बिहीबार दिउँसो २ बजे आयोजना गर्ने जानकारी दिएको छ। पार्टीले यसअघि जनमत पार्टीको उपाध्यक्षबाट कारबाहीपछि दीपककुमार साहले गठन गरेको जनस्वराज पार्टीसँग चुनावी एकता गरेको छ।