गोकर्ण विष्टले एमाले उपाध्यक्ष पदमा उम्मेदवारी गरे दर्ता
काठमाडौँ— नेकपा एमालेका सचिव गोकर्ण विष्टले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्।
एमालेको ११औँ महाधिवेशनको क्रममा नयाँ नेतृत्व चयनको प्रक्रिया जारी रहँदा विष्टले ईश्वर पोखरेल समूहबाट उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्।
विष्टले भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा आफूले उम्मेदवारी दर्ता गरिसकेको जानकारी दिएका छन्।