काठमाडौं: मेयर बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने
काठमाडौं – काठमाडौं महानगरपालिका मेयर बालेन शाह र पूर्वविद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहमतिमा हस्ताक्षर गर्नु अघि बालेन र घिसिङबीच भेटवार्ता तय भएको हो। बालेन निकट स्रोतका अनुसार उनी शनिबार गोदाबारीबाट निस्किएर सिधै घिसिङलाई भेट्न गएका हुन्।
कुलमान घिसिङनिकट स्रोतले पनि बालेन र घिसिङबीच भेटवार्ता हुने पुष्टि गरेका छन्।
शुक्रबार राति बालेन आफूनिकटका व्यक्तिहरूसँग गोदाबारीमा भएको तर सामाजिक सञ्जालमा रवि-बालेन र कुलमानबीच भेट भएको चर्चा भए पनि, स्रोतका अनुसार बालेन, भुपदेव शाह, कुमार बेन, केपी खनाललगायतसँग गोदाबारीमै थिए।