दाङमा फरार प्रतिवादी खोजतलास अभियान, २७ पक्राउ
दाङ — जिल्ला प्रहरी कार्यालय दाङले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन सञ्चालन गरेको खोजतलास अभियानमा एक सातामा २७ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
प्रवक्ता चक्रबहादुर शाहका अनुसार पुस १ देखि पुस ७ सम्म जिल्ला प्रहरी र मातहतका टोलीहरूले विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गरेका हुन्। पक्राउ परेका प्रतिवादीहरूबाट जम्मा तीन लाख ७६ हजार ८५३ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने देखिएको छ।
साथै उनीहरूलाई जम्मा चार वर्ष ६ महिना १५७ दिन कैद सजाय तोकिएको छ। पक्राउ परेका प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि दाङ देउखुरी जिल्ला अदालतमा पठाइएको छ।