शंकर पोखरेलले भने– राजनीतिमा नयाँ र पुरानो होइन, नीति र एजेण्डा महत्वपूर्ण
काठमाडौं, २७ पुस – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नेताको सट्टा एजेण्डा र गन्तव्य नै महत्वपूर्ण हुने बताएका छन्।
पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ व्यक्त गर्दै भनेका छन् कि “नीतिविहिन र एजेण्डा विहीनलाई नयाँको ढाको लगाएर राजनीतिक विकल्प तयार हुन्छ भन्नु भ्रम हो।” उनी राजनीतिक दलहरूलाई नीति र नेतृत्व अद्यावधिक गर्दा मात्रै जीवन्त र सान्दर्भिक बन्न सक्ने बताएका छन्।
महासचिव पोखरेलले थपे, “नेकपा एमाले नेपालका राजनीतिक दलहरू मध्ये नीति र नेतृत्वलाई निरन्तर परिमार्जन गर्दै आएको पार्टी हो। यससँग वर्तमान मात्र होइन भविष्यको नेतृत्व गर्ने स्पष्ट सोच र संकल्प छ।”
उनले आफ्नो पार्टीको जीवन्तता र सान्दर्भिकताबाट डराएका व्यक्तिहरूले ‘नयाँ’ पात्रहरू मिल्नुपर्ने कुरा उठाएको बताए। साथै, नयाँ नाममा चर्चामा आएका रबि, बालेन, हर्क साम्पाङ वा कुलमान राज्यसत्तामा परीक्षण भइसकेका पात्र भएको उनले उल्लेख गरे।
पोखरेलको यो अभिव्यक्ति गठबन्धन र नयाँ राजनीतिक शक्ति निर्माणको प्रयास भइरहेका बेला आएको हो, जसले पार्टीको स्थायित्व र नीति केन्द्रित नेतृत्वलाई जोड दिन खोजेको छ।