एमाले महाधिवेशनमा मधेसी युवा क्लस्टरबाट रौनित साह निर्विरोध निर्वाचित
काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा मधेसी युवा क्लस्टरबाट रौनित साह निर्विरोध निर्वाचित भएका छन्। सर्लाहीको मलगंवा नगरपालिका–३ निवासी साह २०५२ साल माघ २८ गते जन्मिएका हुन्।
साहले २०७२ साल जेठ ११ गते एमालेको सदस्यता लिएका थिए। विगत १२ वर्षदेखि पार्टी संगठनमा सक्रिय उनी पछिल्ला ९ वर्षदेखि जिल्ला कमिटीमा रहेर काम गर्दै आएका छन्। हाल जिल्ला कमिटी सचिवालय सदस्य रहेका साह निर्विरोध चयन भएका हुन्।