२४ भदौको जेनजी आन्दोलनका बेला फरार भएका कैदीबन्दी तासी तामाङ पक्राउ
काठमाडौं — २४ भदौको जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ का तासी तामाङ रहेका छन्।
उनी वन्यजन्तुको आखेटोपहार ओसारपसरा मुद्दामा ५ वर्ष कैद सजाय भोगिरहेका थिए। केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले काठमाडौंको गोकर्णेश्वर क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा उनलाई मंगलबार नियन्त्रणमा लिएको छ।
पक्राउ परेका तामाङलाई केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा पठाइएको ब्यूरोले जनाएको छ।
यस घटनापछि कारागार सुरक्षा र फरार कैदी नियन्त्रणबारे सम्बन्धित निकायले सतर्कता बढाएको छ।