नेकपा एमालेको सचिवालय बैठक आज बस्दै
१२ पुस, काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे बस्ने भएको छ।
एघारौं महाधिवेशनपछि पहिलोपटक बस्न लागेको बैठकमा देशभरबाट प्राप्त समानुपातिक तर्फका उम्मेदवारहरूको बारेमा छलफल हुने जनाइएको छ।
एमालेले समानुपातिक बन्दसूची तयार पार्न उम्मेदवारहरूको नाम संकलन गरिरहेको छ।