सुदेश पराजुली दुई क्षेत्रबाट नेकपाको उम्मेदवार सिफारिस
काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीले अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष सुदेश पराजुलीलाई आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ।
पार्टीका सम्बन्धित जिल्ला कमिटीहरूले पराजुलीलाई काठमाडौं क्षेत्र नम्बर ६ र भोजपुरबाट प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरेका हुन्।
प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अधिकांश राजनीतिक दलका तल्ला तहका कमिटीहरूले प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र बनाएका छन्।