ज्ञानेन्द्र शाही ६ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस
काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा निवर्तमान सांसद ज्ञानेन्द्र शाही आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
राप्रपाको केन्द्रीय समितिको निर्णयअनुसार शाहीलाई जुम्ला, ललितपुर–१, भक्तपुर–१, रुपन्देही–२, सुर्खेत–२ र कञ्चनपुर–२ निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरिएको हो।
पार्टीले विभिन्न निर्वाचन क्षेत्रबाट शाहीलाई उम्मेदवारका रूपमा अघि सार्दै चुनावी तयारीलाई तीव्र बनाएको जनाएको छ।