रास्वपा–बालेन सम्झौताले भोट नतान्ने मनिष सुमनको टिप्पणी
जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहबीच भएको सम्झौताले जनताको मत नतान्ने टिप्पणी गरेका छन्।
अनलाइनखबरसँग कुरा गर्दै सुमनले संसदीय दलको नेता र प्रधानमन्त्री चुनावअघि नै तय गरेर सार्वजनिक गर्नु हास्यास्पद र घमण्डपूर्ण भएको बताए। विगतमा पनि चुनावपछि नेतृत्व तय हुने उदाहरण रहेको उल्लेख गर्दै उनले सम्झौताले राजनीतिक लाभ नदिने दाबी गरे।
आज बिहान रास्वपाका सभापति लामिछाने र मेयर शाहबीच सातबुँदे सम्झौता भएको हो। सम्झौताअनुसार रवि लामिछानेले रास्वपाको नेतृत्व गर्ने र बालेन्द्र शाहलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सारिने उल्लेख छ। चुनाव चिह्न घण्टी रास्वपाकै रहने जनाइएको छ।