भक्तपुरको इँटा फ्याक्ट्रीमा आगलागी, १२ लाख रुपैयाँ बराबरको क्षति
काठमाडौँ। भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुँडालस्थित ‘बिएम ब्रिक फ्याक्ट्री’मा आइतबार बिहान आगलागी भएको छ। फ्याक्ट्री सञ्चालक विक्रम गाइजुका अनुसार काँचो इँटा र माटोले बनेको दुई तले भवनको माथिल्लो तलामा तीनवटा अफिस कोठामा करेन्ट सर्ट भएर आगो लागेको हो।
दुर्घटनामा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काका अनुसार दमकलको सहयोगमा बिहान पौने ९ बजे आगो नियन्त्रणमा लिइएको थियो।