नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि
काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक आयोजना गरिनेछ।
बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको पार्टीको १५औँ महाधिवेशन, आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।
केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।