राजेन्द्र लिङ्देन र कमल थापाबीच राप्रपा एकता घोषणा
काठमाडौं, १६ पुस – राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वबीच बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा एकता घोषणा भएको छ।
यो एकता घोषणासभा पूर्व निर्धारित सहमतिपत्र अनुसार भएको हो, जसमा लिङ्देन र थापाले गत ९ पुसमा हस्ताक्षर गरेका थिए।
कमल थापाले ०७८ माघ २५ गते राप्रपासँग अलग हुने घोषणा गरेका थिए। उनी ०७८ को मंसिरमा भएको राप्रपा महाधिवेशनमा पराजित भएपछि पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका थिए।
थापाले त्यसपछिका दिनहरूमा ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए। यस एकतासँगै दुवै पक्षको साझा नेतृत्वमा पार्टी पुनः सशक्त हुने अपेक्षा गरिएको छ।