रवि लामिछाने पोखरामा आए, सूर्यदर्शन सहकारी ठगी प्रकरणको अदालतको तारिख बुझ्न
पोखरा, १६ पुस – रास्वपा सभापति रवि लामिछाने पोखरामा पुगेका छन्। उनी पोखराको जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारी ठगी प्रकरण सम्बन्धी अदालतको तारिख बुझ्न आएका हुन्।
यस प्रकरणमा रवि लामिछाने पहिल्यै धरौटीमा छुटेका थिए। अदालतका सूचना अधिकारी रामबहादुर किसानका अनुसार, “सूर्यदर्शनको मुद्दामा अन्य प्रतिवादीहरूको पनि म्याद मिलाउन रवि जी अदालतमा तारिख बुझ्न आउनुभएको हो। अबदेखि सबै प्रतिवादीको मुद्दा एउटै मितिमा हुने छ।”
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई २०८१ कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो भने पुस २५ गते उनलाई ६५ लाख रुपैयाँ धरौटीमा छुटाइएको थियो।