पुष्पकमल दाहालद्वारा सम्पूर्ण क्रान्तिकारी शक्तिलाई एकताबद्ध हुन अपिल
काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर एकताबद्ध हुन आग्रह गरेका छन्।
आज माओत्सेतुङको १३३ औँ जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै संयोजक दाहालले सार्वभौम, आत्मनिर्भर, समतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि साझा प्रयास आवश्यक रहेको बताएका छन्।
दाहालले माओत्सेतुङले देखाएको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण र जनताको वास्तविक लोकतन्त्र स्थापना गर्ने बाटो आज पनि सान्दर्भिक रहेको बताए। उनले त्यसै दिशामा अघि बढ्न सबै क्रान्तिकारी शक्तिलाई आग्रह गरेका छन्।