विराटनगरमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
विराटनगर — विराटनगर महानगरपालिका–११ जनपथ टोलस्थित सडकमा मंगलबार बिहान दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा प्र–१–०२–०५७ प २२०३ नम्बरको मोटरसाइकल चालक सुनसरीको दुहबी नगरपालिका–औराबनी बस्ने २२ वर्षीय शेखर यादव गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा प्र–१–०४–००२ प ०९७६ नम्बरको मोटरसाइकल चालक पनि घाइते भएका छन्। उनको हाल मोरङ सहकारी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।