एमाले महासचिवमा शंकर पोखरेलको अग्रता, पाण्डेभन्दा ५५ मत अगाडि
काठमाडौँ । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेलले अग्रता बढाएका छन् । अध्यावधिक मतपरिणामअनुसार उनले २४९ मत प्राप्त गरेका छन् ।
महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले १९४ मत पाएका छन् । प्रारम्भिक चरणमा कडा प्रतिस्पर्धा देखिए पनि पछिल्लो परिणाममा पोखरेल स्पष्ट रूपमा अघि देखिएका छन् ।