एमाले अध्यक्षमा ओली तेस्रो कार्यकालका लागि शपथ ग्रहण गर्दै
काठमाडौं, ३ पुस – नेकपा एमालेको एघारौं महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित केपी शर्मा ओलीले पार्टी विधान अनुसार पद तथा गोपनीयताको शपथ लिन लागेका छन्।
अध्यक्षमा ओलीले प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गरेका छन्। महाधिवेशन आयोजना स्थल भृकुटीमण्डपमा ओलीसहित निर्वाचित पदाधिकारीलाई नेता र कार्यकर्ताले माला र खादा लगाएर बधाई दिएका छन्।
शपथ ग्रहणपछि अध्यक्ष ओलीले अन्य निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई समेत शपथ गराउने कार्यक्रम तय छ।
केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणामअनुसार अध्यक्षतर्फ ओली प्यानलकै उम्मेदवारहरूको वर्चश्व देखिएको छ। दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा उत्रिएका भए पनि अधिकांश पदाधिकारी ओली प्यानलबाट विजयी भएका छन्।
पोखरेल प्यानलबाट मात्र उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट विजयी भएका छन् भने सचिवमा सबै निर्वाचित उम्मेदवार ओलीकै प्यानलका रहेका छन्।