काठमाडौँ–३२ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक जना पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।
बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट हालसम्म नाम, थर र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुष गएराति गम्भीर घाइते भएका थिए। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीले बताएका छन्।