मन्त्री कुलमान घिसिङको सयदिने कार्यकालमा १०१ काम सम्पन्न भएको दाबी
काठमाडौं ।भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास तथा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले आफ्नो सयदिने कार्यकालमा १०१ वटा काम सम्पन्न गरेको दाबी गरेका छन्।
बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले आफूले जिम्मेवारी सम्हालेका तीनवटै मन्त्रालयमा जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै उल्लेखनीय प्रगति हासिल गरिएको बताएका हुन्।
उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत ३६ वटा, शहरी विकास मन्त्रालयअन्तर्गत ३३ वटा तथा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गत ३१ वटा प्रमुख काम सय दिनभित्र सम्पन्न भएका छन्।
मन्त्री घिसिङले आफूलाई ‘सेवक’को भूमिकामा राखेर जेन–जीको माग र अपेक्षाअनुसार निस्वार्थ रूपमा काम गरिरहेको दाबी गरे। साथै, आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।