बुद्ध जन्मस्थल लुम्बिनीमा ‘तेस्रो लुम्बिनी न्युज फेस्टिवल’ सुरु
लुम्बिनी–बुद्ध जन्मस्थलमा आजदेखि तीन दिनसम्म ‘तेस्रो लुम्बिनी न्युज फेस्टिवल’ आयोजना हुँदैछ। फेस्टिवलमा मोफसल पत्रकारिता, सङ्घीयतामा पत्रकारिताको भूमिका, आर्थिक विकास, पर्यटन प्रवर्द्धन, समाचार लेखन र साहित्य तथा कलाका विषयमा बहस हुने आयोजक लुम्बिनी प्रेस क्लबले जनाएको छ।
कार्यक्रममा नेपाल र भारतका प्रमुख पत्रकार, सम्पादक र लेखकहरू सहभागी हुनेछन्। प्यानल छलफलमा ‘सीमापार सम्बन्ध’, ‘लुम्बिनीको लगानी र पर्यटन’ र ‘पत्रकारितामा जिम्मेवारी र जवाफदेहिता’ जस्ता विषयमा समूहगत छलफल हुनेछन्। आयोजकले यस कार्यक्रमले लुम्बिनी क्षेत्रको ब्राण्डिङ र पत्रकारिताको विकासमा सहयोग पुग्ने बताएका छन्।
फेस्टिवल लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा आयोजना गरिएको छ।