रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच भेटवार्ता
७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ।
हाल उनीहरूबीच भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ। भेटमा रास्वपाको तर्फबाट सभापति लामिछानेसँगै उपसभापति डोलप्रसाद अर्याल सहभागी छन्।
त्यसैगरी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उनका सहयोगी कुमार बेन पनि छलफलमा सहभागी रहेका छन्।