राजेन्द्र गौत्तमले एमाले उपमहासचिव पदको उम्मेदवारी लिए फिर्ता
१ पुस, काठमाडौं । नेकपा एमालेका नेता राजेन्द्र गौत्तमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
हाल एमालेको प्रचार–प्रसार विभाग प्रमुख रहेका गौत्तमले केपी शर्मा ओली समूहबाट पदाधिकारीमा दाबी गरेका थिए । तर प्यानलमा नपरेपछि उनले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
पार्टी नेतृत्व र कार्यकर्ताको सुझावलाई ध्यानमा राख्दै केपी शर्मा ओली नेतृत्वको समूहलाई बहुमतले विजयी गराउन उम्मेदवारी फिर्ता लिएको गौत्तमले बताएका छन् ।
उनले खुला केन्द्रीय सदस्य पदमा भने उम्मेदवारी कायम राखेका छन् ।