सुनचाँदीको भाउ नयाँ रेकर्डमा, सुन तोलाको २ लाख ७० हजार नाघ्यो
१३ पुस, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार सुन प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको भाउ पनि बढेको छ। आइतबार चाँदी तोलाको २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।