नेकपा एमालेको निर्वाचन कार्यतालिका परिवर्तन
काठमाडौँ । नेकपा एमालेको निर्वाचन कार्यतालिका परिवर्तन गरिएको छ । सोमबार केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका परिवर्तन गरेको हो ।
परिवर्तित निर्वाचन कार्यतालिका अनुसार ८ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । ८:२० मा उजुरी उपर छानबिन र निर्णय गरिनेछ ।
आजै राति ९ बजेभित्र उम्मेदवारहरूको नाम फिर्ताको समय तोकिएको छ । यस्तै साढे ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । मङ्गलबार दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदानको समय तोकिएको छ ।
मङ्गलबार नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।