जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको हाे ।
जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच बुधबार भएको सम्झौता बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को असोज ५ को निर्णय अनुसार गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
हिजाे भएकाे सहमतिमा जाँचबुझ आयाेगकाे कार्यक्षेत्र थप गर्ने सहमति भएकाे थियाे । साेही अनुसार आजकाे मन्त्रिपरिषद्को बैठकले उक्त सम्झाैतालाई मन्त्रिस्तरीय बैठकबाट निर्णय गरेकाे हाे ।