सुन–चाँदीको भाउमा लगातार वृद्धि, नयाँ रेकर्ड बन्यो
९ पुस, काठमाडौं — सुन र चाँदीको मूल्य केही दिनदेखि लगातार बढिरहेको छ। बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन ५ हजार रुपैयाँले बढेको थियो।
त्यसैगरी, चाँदीको भाउ प्रतितोला १६५ रुपैयाँले बढेर ४ हजार ४२० रुपैयाँमा पुगेको छ। प्रतिशतका हिसाबले चाँदीको मूल्य वृद्धिदर सुनभन्दा उच्च रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको मूल्य निर्धारण गरेको हो।