राप्रपा र राप्रपा नेपालबीच एकता सम्पन्न
काठमाडौं, १६ पुस – राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच बुधबार एकता भएको छ।
दुवै पार्टीले बुधबार एकता सम्झौतामा औपचारिक हस्ताक्षर गरेका हुन्। यससँगै दुवै पार्टीको साझा नेतृत्वमा एकीकृत राप्रपा गठन भएको छ।
यो एकता पछि पार्टीले आगामी राजनीतिक गतिविधि र निर्वाचन तयारीलाई साझा रणनीतिमा अघि बढाउने अपेक्षा गरिएको छ।