१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ, एक फरार
मोरङ — १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका–१ कोलबोटे बस्ने ५० वर्षीय गणित भन्ने गणेश राईलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ।
गणेश र सोही ठाउँका ३० वर्षीय रोमन राईले बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो।
घटनामा संलग्न भनिएका रोमन राई हाल फरार रहेको र उनको खोजीका साथै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।