सुनको भाउ तोलामा २ हजारले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
गत सोमबार सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुग्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको थियो।
यसैगरी चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलामा ७५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।