पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्रीको पद तथा गोपनीयताको शपथ लिए
काठमाडौं, ११ पुस – नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले आज परराष्ट्रमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शर्माले राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र अन्य मन्त्रीहरू सहभागी थिए।
आजै मन्त्री नियुक्त भएका शर्माले पद ग्रहणसँगै परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ।