हुम्लामा आगलागीमा १ वर्षीय बालकको मृत्यु, दुई जना घाइते
हुम्लामा पेट्रोल खन्याउने क्रममा भएको आगलागीमा १ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा खार्पुनाथ गाउँपालिका निवासी रवीन्द्र जेठारा रहेका छन्।
घटनामा उनकी आमा बर्रा जेठारा र छिमेकी २० वर्षीया जेनिशा रावल घाइते भएका छन्। पेट्रोल ठूलो भाँडोबाट सानो भाँडोमा खन्याउने क्रममा आगलागी भएको हुम्लाका डीएसपी शंकर खड्काले जानकारी दिए। घाइते दुवैको सिमीकोट अस्पतालमा उपचार भइरहेको छ।