चार महिनामा सरकारको नगद मौज्दात २ खर्ब नाघ्यो
२९ मंसिर, काठमाडौं— चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनासम्म नेपाल सरकारको खातामा २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ बराबरको नगद मौज्दात रहेको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्र बैंकमा रहेका नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाणको रकम मौज्दात छ।
यसअघि २०८२ असार मसान्तमा ती खातामा १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँ नगद मौज्दात रहेको थियो।