युवाहरू रोजगारीका लागि कोरिया जाने माग गर्दै प्रदर्शनमा
काठमाडौं, १६ पुस – रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राखेर युवाहरू आन्दोलनमा उत्रिएका छन्।
आन्दोलनकारी युवाहरूले नौ बुँदे माग राखेर ग्वार्कोस्थित इपीएस कोरिया शाखा अगाडि प्रदर्शन गरेका हुन्। उनीहरूका मागहरूमा कोरिया जाने प्रक्रियामा पारदर्शिता, आवेदन प्रक्रिया छिटो पार्नुपर्ने र रोजगार सम्बन्धी अन्य समस्या समाधान गर्नुपर्ने समावेश छन्।
इपीएस कोरिया शाखाकी निर्देशक बिन्दा आचार्यले आन्दोलनकारी युवाहरूसँग संवाद गर्दै उनीहरूको माग पूरा गर्न श्रम मन्त्रालयले पहल गर्ने जानकारी दिइन्।