सुन–चाँदीको मूल्य फेरि बढ्यो, सोमबार छापावाल सुन २ लाख ५३ हजार ६००
काठमाडौँ — नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुन–चाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ। महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि बढ्दै तोलामा ३ हजार ५३५ रुपैयाँ कायम गरिएको छ।
आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ थियो भने चाँदी ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो। सोमबार दुवै धातुको मूल्य वृद्धि भएको महासंघले जनाएको छ।