सुनचाँदीको मूल्य बढ्दै: सुन तोला रु २,५४,१००, चाँदी रु ३,६५५
काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा उतारचढाव र आन्तरिक माग वृद्धि भएपछि नेपालमा सुनचाँदीको मूल्य निरन्तर बढ्दै गएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु २,५४,१०० र चाँदीको मूल्य तोलामा रु ३,६५५ कायम भएको छ। मंगलबार सुनको मूल्य रु २,५३,३०० र चाँदी रु ३,५४५ थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य एक औँसमा ४,२२६ अमेरिकी डलर र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।