६ लघुवित्त कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा
६ पुस, काठमाडौं । विभिन्न ६ लघुवित्त कम्पनीहरूले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् । कम्पनीहरूले हालै सम्पन्न सञ्चालक समिति बैठकमा लाभांश घोषणा गरेका हुन् ।
मिथिला लघुवित्तले कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ, जसमा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समावेश गरिएको छ ।
महुली लघुवित्तले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश दिने भएको छ ।
स्वरोजगार लघुवित्तले पनि १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
ग्लोबल आईएमई लघुवित्तले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
कालिका लघुवित्तले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको छ भने सीवाईसी लघुवित्तले १२.७६ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।