सुनसरी र सर्लाहीमा आगलागी, लाखौं बराबरको धनमाल जलेर नष्ट
सुनसरी/सर्लाही,— सुनसरीको बर्जु गाउँपालिका-१ चिमडी बस्ने महेन्द्र यादव र राम चन्द्र पण्डितको परालको कुन्युमा मंगलबार राति आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
त्यसैगरी, सर्लाहीको कविलासी नगरपालिका-६ जमुनिया बस्ने दिनेश मुखियाको पसलमा पनि गए राति आगलागी भएको छ। यसमा करिब १ लाख रुपैयाँ बराबरको सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ भने घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाइएको छ।