बारामा झडपपछि सिमरामा कर्फ्यू, एमाले नेता बस्नेतको आगमन तनावपूर्ण
जनकपुरधाम। बाराको सिमरामा एमाले नेता महेश बस्नेतको आगमनअघि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रमा बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि भेला, जुलस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न प्रतिबन्ध लगाइएको छ।
यो निर्णय बारामा एमाले र जेनजी युवाबीच भएको झडपपछि लिइएको हो। सिमरा एयरपोर्टमा जेनजीले विरोध कार्यक्रम गरिराख्दा युवा संघका कार्यकर्तासँग भानाभान भएको र प्रहरीसँग झडप हुँदा स्थिति तनावपूर्ण बनेको छ।
आज युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत परवानीपुरमा नेकपा एमालेका युवा संगठन युवा संघले मधेश प्रदेशस्तरीय कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता महेश बस्नेतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जेनजी युवाहरूले उनका आगमन रोक्न सक्रियता देखाएका छन्।
